विकास हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणमा निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज असार २२ गते अन्तिम दिन रहेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजीको ५९ प्रतिशतले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति पाएको हो।
जसमध्ये कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ९ लाख ९ हजार १०१ कित्ता आईपीओ र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ।
अब कम्पनीले बाँकी रहेको आईपीओमध्ये १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई र ७० हजार ९१० कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेर बाँकी रहेको २९ लख ४२ हजार ७६० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो।
यसमा लगानीकर्ताले आवेदन दिंदा न्यूनतम १० कित्ता आईपीओका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका साथै सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर मार्फत् आवेदन दिन सक्नेछन्।