छिमेक लघुवित्तले माग्यो संस्था प्रमुख, कति चाहिन्छ योग्यता?
२७ आश्विन २०८२, सोमबार ०९:३५

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्था प्रमुख पदमा १ जना कर्मचारी माग गरेको छ।
उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। लेखा, कर तथा व्यवस्थापन सम्बन्धी कार्य गर्न सक्ने र सहकारी संस्थामा कार्य गरेको वा तालिम लिएकाले प्राथमिकता पाउनेछन्।
उमेरको हदमा २५ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनु पर्ने कम्पनीले जानकारी दिएको छ। छनौट प्रक्रिया लिखित र अन्तर्वार्ता गरी २ चरणमा हुनेछ। योग्य तथा इच्छुक व्यक्तिले आवश्य कागजात सहित कात्तिक १३ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।















