सीडीएससीकी कार्यकारी प्रमुख पन्दाकलाई नेप्सेले बोलायो फिर्ता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफ्नो सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का प्रबन्ध सञ्चालक तथा कार्यकारी प्रमुख प्रवीण पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई उक्त जिम्मेवारीबाट हटाउँदै पुनः नेप्सेमै तान्ने निर्णय गरेको हो । नेप्सेसँग सम्बद्ध एक सञ्चालकका अनुसार सीडीएससीमा उनको स्थानमा नयाँ प्रतिनिधि पठाउने तयारीसमेत अघि बढाइएको छ ।
सीडीएससीमा कार्यकारी प्रमुखको पद २०८१ भदौ ७ गते तत्कालीन प्रमुख पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि रिक्त थियो । त्यसपछि करिब चार महिनापछि २०८१ पुस १४ गते पन्दाकलाई उक्त जिम्मेवारी दिइएको थियो । पछिल्लो समय उनीमाथि इन्टरनेशनल सेक्युटिरिज आइडेन्टिफिकेशन नम्बर (आइजिन) सम्बन्धी विषयमा विवाद उत्पन्न गराएको आरोप लाग्दै आएको थियो ।











