शिखर नगरपालिकाले अंग्रेजी, विज्ञान र गणित शिक्षकका लागि क्षमता विकास तालिम सञ्चालन गर्ने

४ असार २०८३, बिहीबार १६:३९

काठमाडौँ । डोटीको शिखर नगरपालिकाले नगर अन्तर्गत सञ्चालित आधारभूत तह (कक्षा ६–८) र माध्यमिक विद्यालयका शिक्षकहरूका लागि दुई दिने क्षमता विकास तालिम सञ्चालन गर्ने भएको छ ।

नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचना अनुसार अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागिएको हो । सो कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयबाट तीनै विषयका एक÷एक जना शिक्षकलाई अनिवार्य रूपमा सहभागी गराउन अनुरोध गरिएको छ ।

नगरपालिकाले जारी गरेको पत्रमा उल्लेख भएअनुसार तालिम २०८३ साल असार ६ र ७ गते सञ्चालन हुनेछ । तालिम प्रत्येक दिन बिहान ९ बजेबाट सुरु हुनेछ ।

विज्ञान विषयका शिक्षकहरूको तालिम श्री सिताराम माध्यमिक विद्यालय उच्चाकोट हुने छ भने गणित विषयका शिक्षकहरूको तालिम श्री सिद्धेश्वर माध्यमिक विद्यालय बानेडुग्रीसैनमा सञ्चालन गरिनेछ । त्यस्तै, अंग्रेजी विषयका शिक्षकहरूको तालिम शिखर नगरपालिकाको सभाहलमा हुने व्यवस्था गरिएको छ ।

नगरपालिकाले सहभागी शिक्षकहरूलाई तालिममा आउँदा अनिवार्य रूपमा ल्यापटप साथमा ल्याउन निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*