रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते
८ असार २०८३, सोमबार १७:५३

काठामाडौं । रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ खोलवाङस्थित घोराही–थवाङ शहीद मार्गमा बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्।
थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिंदा १२ जना यात्रु घाइते भएका छन्। बसमा चालक सहित २९ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ।
दुर्घटनामा परी सामान्य घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि माडी गाउँपालिका वडा नम्बर २ घर्तीगाउँस्थित स्मृति अस्पतालमा पठाइएको छ।











