एकैदिन २६ सय चालक कारवाहीमा, २३ लाख जरिवाना संकलन

९ असार २०८३, मंगलवार १०:१५

काठमाडौं । असार ९ गते बिहान ६ बजेसम्म चौबीस घण्टामै काठमाडौं उपत्यकाभित्र २ हजार ६४१ जना सवारी चालक कारवाहीमा परेका छन् भने २२ लाख ९६ हजार ५०८ रुपैयाँ जरिवाना संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मापद पदार्थ सेवन गरी सवारी चलाउने ७९ जना, अफलाइन राइड शेयरिङ गर्ने १४७ जना, रातो बत्तीमा सवारी हुइँक्याउने १५४ जना, ओभर स्पीडमा सवारी चलाउने १२२ जना चालक कारवाहीमा परेका छन्।

त्यसैगरी लेन अनुशासन उल्लंघन गर्ने ११९ जना, फुटपाथमा सवारी पार्किङ गर्ने ११९ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ११३ जना, एकतर्फी बाटोमा सवारी चलाउने १०० जना र अन्य ट्राफिक नियम तोड्ने १ हजार ६८८ जना चालक कारवाहीमा परेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*