५२० किलोमिटर रेन्ज र प्रिमियम फिचरसहित ओरा ५ ईभी नेपालमा सार्वजनिक, मूल्य ४६ लाख ९९ हजार

९ असार २०८३, मंगलवार १४:२२

काठमाडौं। विश्वव्यापी अटोमोबाइल ब्रान्ड ग्रेट वाल मोटर अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ओरा ५ इलेक्ट्रिक सवारी नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रा.लि.ले काठमाडौंस्थित द प्लाजामा आयोजना गरिएको विशेष कार्यक्रममा यो सवारी साधन सार्वजनिक गरेको हो।

ओरा ५ इलेक्ट्रिक सवारी दुई भेरियन्टमा उपलब्ध गराइएको छ। कम्पनीले सार्वजनिक गरेको प्रारम्भिक विशेष मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो सवारीले एकपटक पूर्ण चार्ज गर्दा अधिकतम ५२० किलोमिटरसम्मको यात्रा क्षमता प्रदान गर्ने दाबी गरिएको छ। साथै यसको ग्राउन्ड क्लियरेन्स २०० मिलिमिटर रहेको छ, जसले नेपाली सडक अवस्था र विविध भू–भागमा सहज सञ्चालनमा सहयोग गर्ने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार नेपाली ग्राहकको आवश्यकता, सडक अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै ओरा ५ इलेक्ट्रिक सवारी बजारमा ल्याइएको हो। सुरक्षित, स्मार्ट र दिगो मोबिलिटीको अनुभव प्रदान गर्ने लक्ष्यसहित यसलाई प्रस्तुत गरिएको बताइएको छ। आकर्षक डिजाइन र आधुनिक प्रविधिको संयोजन रहेको यस सवारीमा प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री वरिपरि दृश्य दिने क्यामेरा प्रणाली, १८० डिग्री च्यासिस दृश्य क्यामेरा, तथा आफैं साना खरोंचलाई मिलाउने पेन्ट प्रविधि जस्ता सुविधा समावेश छन्।

सुरक्षाका दृष्टिले यो सवारीले ५ तारा एनक्याप तथा ५ तारा युरो एनक्याप सुरक्षा स्तर प्राप्त गरेको कम्पनीले जनाएको छ। यसमा २५ भन्दा बढी उन्नत चालक सहायता प्रणालीका सुविधा समावेश छन्, जसमा लेनमा सवारीलाई केन्द्रित राख्ने सहायक प्रणाली, आपतकालीन स्वतः ब्रेक लगाउने प्रणाली, अनुकूलनशील क्रुज नियन्त्रण, तथा ट्राफिक संकेत पहिचान प्रणाली प्रमुख रहेका छन्। साथै यात्रु तथा सामान व्यवस्थापनका लागि ३३ वटा भण्डारण स्थानहरू पनि उपलब्ध गराइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*