सामसङको मोबाइल, ट्याबलेट र टीभी किन्दा बम्पर छुट, अनलाइनबाट सजिलै अर्डर गर्न सकिने

९ असार २०८३, मंगलवार १४:३५

काठमाडौं । सामसङ नेपालले आफ्ना मोबाइल, ट्याब्लेट, टिभी, फ्रिज तथा अन्य इलेक्ट्रोनिक उपकरणहरूमा बम्पर छुट, क्यासब्याक र सजिलो किस्ताबन्दी (ईएमआई) सुविधा प्रदान गरिरहेको छ। यसमा ग्राहकहरूले घरमै बसेर https://buysamsung.com.np/ मार्फत सजिलै अर्डर गरी खरीद गर्न सक्ने व्यवस्था समेत रहेको छ।

सामसङ नेपालका अनुसार विभिन्न ग्यालेक्सी स्मार्टफोन मोडेलमा आकर्षक छुट, एक्सचेन्ज बोनस तथा क्यासब्याक सुविधा उपलब्ध छ। केही मोडेलमा २४ महिनासम्मको किस्ताबन्दी सुविधा पनि उपलब्ध रहेको छ। किस्ताबन्दीमा शून्य वा न्यून ब्याज र डाउन पेमेन्टमै खरिद गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।

सामसङले हाल स्मार्टफोन खरिदकर्तालाई पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी फोन लिँदा अतिरिक्त एक्सचेन्ज बोनस समेत उपलब्ध गराइरहेको छ। साथै केही मोडेलमा निश्चित रकमसम्मको ग्यारेन्टी छुट र टेलिकम सेवा / डाटा प्याकेज सम्बन्धी अतिरिक्त सुविधाहरू पनि प्रदान गरिरहेको छ।

टिभी खरिदकर्ताका लागि पनि कम्पनीले विशेष योजना ल्याएको छ। चयनित सामसङ टिभीमा बम्पर छुट उपलब्ध रहेको छ भने केही मोडेल खरिद गर्दा १२ महिनासम्मको नेटटिभी प्याकेज निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। इअर बड्समा पनि ६० प्रतिशतसम्मको छुट अफर ल्याएको छ।

सामसङले आफ्नो स्मार्टफोनका सिरिजहरू ग्यालेक्सी जेड, ग्यालेक्सी एस, ग्यालेक्सी ए र ग्यालेक्सी एम का स्मार्टफोन खरीदमा किस्ताबन्दीको सुविधादेखि १२ प्रतिशतसम्म आकर्षक छुट र निःशुल्क चार्जर प्राप्त गर्न सकिने सुविधा रहेको जनाएको छ। यता सामङको ‘मल्टि बाई’ अफर पनि रहेको छ जहाँ एकभन्दा बढी उपकरण एकैसाथ खरीद गर्दा अतिरिक्त छुट पनि उपलब्ध गराएको छ।

सामसङले खरीद प्रक्रिया पनि एकदमै सरल र सहज बनाएको छ। सामसङको वेबसाइटमा गएर आफूले किन्न चाहेको उपकरण चयन गरेर छेवैमा रहेको ‘बाई नाऊ’ बटममा क्लिक गरी कार्टमार्फत सोझै खरीद गर्न सक्नेछन्। किस्ताबन्दीमा किन्न चाहनेले ‘सामसङ इन्स्टा फाइनान्स’ अप्सन चयन गरी १२ महीनाको अवधिमा शून्य ब्याजदरमा र चौबीस महीनाको अवधिमा ८ प्रतिशत ब्याजमा किस्ताबन्दी मार्फत सजिलै खरीद गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*