अबदेखि ट्राफिक प्रहरीले चालक र सेवाग्राहीसँग हात मिलाउन नपाउने

१० असार २०८३, बुधबार १६:४९

काठमाडौं । अबदेखि ट्राफिक प्रहरीले ड्यूटीको समयमा चालक तथा अन्य सेवाग्राहीहरूसँग हात मिलाउन नपाउने भएका छन्।

ट्राफिक प्रहरीहरूले ड्यूटीको समयमा सवारी चालक लगायत सेवाग्राहीहरूसँग हात मिलाएको दृश्यहरू सामाजिक सञ्जाल तथा आम नागरिकहरूबाट गुनासो आएपछि अबदेखि त्यस्तो नगर्न सबै ट्राफिक प्रहरीहरूलाई निर्देशन जारी गरिएको हो।

‘अबः उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीहरूले डिउटीको समयमा सवारी चालक लगायत अन्य सेवाग्राहीहरूसँग हात मिलाउने कार्यलाई पूर्णरूपमा अस्विकार गरी टाढैबाट नमस्कार मात्र भनी सम्मान गर्न/गराउन हुन निर्देशानुसार अनुरोध गरिएको छ।’ निर्देशमा भनिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*