मानव अधिकारको हनन भएमा सरकारले निगरानी राख्नुपर्छः अध्यक्ष मगर

१० असार २०८३, बुधबार १७:०७

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको हनन भएमा त्यसको निगरानी सरकारले राख्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले मानव अधिकारको सम्मान गरेर अघि बढ्नलाई व्यवसायीहरूलाई पनि आग्रह गरेका छन्। आयोगले मानव अधिकार उल्लंघनको घट्नामा दोषीलाई कारवाही गर्न समय समयमा सरकारलाई आवश्यक निर्देशन दिने गरेको पनि बताएका छन्।

मानव अधिकारको संरक्षण, सम्वद्र्धन गर्ने काम सरकारको भएको बताउँदै व्यवसाय सञ्चालन गर्दा कुनै किसिमबाट मानव अधिकारको हनन भएमा त्यसको निगरानी सरकारले राख्नुपर्ने बताएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*