भेनेजुएलामा एकै पटक दुई शक्तिशाली भुकम्प, हजारौं मानिस जीवितै भेटिने आशा

११ असार २०८३, बिहीबार ०८:१०

एजेन्सीहरु । उत्तर–पश्चिमी भेनेजुएलामा बुधबार साँझ एकाएक ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प जाँदा राजधानी काराकाससहितका शहरहरुमा ठूलो धनजनको क्षति भएको छ । अमेरिकी भुगर्भ सम्बन्धी संस्था युएसजिएसका अनुसार १० हजार देखि एक लाख जनाले ज्यान गुमाउन सक्ने चेतावनी दिइएको छ ।

राजधानी कारकासस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ठूलो क्षति पुगेकोले उद्धार कार्य प्रभावित भएको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार भेनेजुयलाको अवस्था अत्यन्तै दयनीय र हजारौं मानिसहरु भवनभित्र पुरिएको अवस्था छ ।

भुकम्पपछि अहिले सुनामीको समेत चेतावनी दिइएकोले थप क्षतिको समाचारहरु आउन सक्ने आंकलन गरिएको छ । प्रारम्भिक रुपमा कम्तीमा १० हजार देखि एक लाख मानिसको मृत्यु भएको आशंका गरिएको छ । साँझको समयमा अधिकांश मानिसहरु घर पुगिसकेपछि भुकम्प गएका कारण ठूलो मानवीय क्षति भएको हो । त्यस्तै २९ सेकेण्डको अन्तरमा दोस्रो ठूलो भुकम्प गएका कारण पनि धेरै भवनहरु जमिनमा बिलाउन पुगेका छन् । जसबाट उक्त भवनभित्रको अवस्था के छ भनेर भन्न सकिने स्थिति नरहेको कारकासबाट पत्रकारहरुले बताएका छन् ।

दि गार्डियनका अनुसार थुप्रै ठूला भवनहरू भत्किएका छन्, विद्युत् लाइनहरू अवरुद्ध भएका छन् भने क्यारिबियन क्षेत्रका केही भागहरूमा तत्काल सुनामीको चेतावनी जारी गरिएको छ । भूगर्भविद्हरूले यसलाई दुर्लभ र अत्यधिक विनाशकारी “सिस्मिक डब्लेट“ (एउटै क्षेत्रमा लगातार जाने दुई ठूला भूकम्प) को रूपमा वर्गीकरण गरेका छन्, जुन दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा एक शताब्दीभन्दा बढी समययताकै सबैभन्दा शक्तिशाली भूकम्पहरूमध्ये एक हो ।

अमेरिकी भूगर्भ सर्वेक्षण (ग्क्न्क्) का अनुसार स्थानीय समयअनुसार साँझ ६ः०५ बजेभन्दा केही समयपछि भेनेजुएलाको क्यारिबियन तटमा अवस्थित मोरोन सहरभन्दा ठीक पश्चिममा १३ किलोमिटर गहिराइमा ७.२ म्याग्निच्युडको पहिलो भूकम्प (फोरसक) गएको थियो। त्यसको लगत्तै ३९ सेकेन्डपछि सोही क्षेत्रमा मात्र १० किलोमिटरको कम गहिराइमा ७.५ म्याग्निच्युडको अर्को विनाशकारी मुख्य भूकम्प (मेनशक) गयो। यी दुवै भूकम्पको संयुक्त शक्तिका कारण मध्य भेनेजुएलाभरिका गगनचुम्बी भवनहरू हल्लिएका थिए, मोबाइल नेटवर्क अवरुद्ध भएको थियो र प्रमुख सहरहरूमा धुलोको बादल छाएको थियो।

भूकम्पको केन्द्रविन्दुभन्दा करिब १६८ किलोमिटर (१०४ माइल) पूर्वमा रहेको राजधानी काराकासमा यसको गम्भीर असर देखिएको छ। आवासीय भवनहरूका पर्खालहरू भत्किएर भित्री भागहरू सडकमै देखिने भएका छन् भने कतिपय बहुतले भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। आन्तरिक मन्त्री डियोसडाडो काबेलोले राज्य नियन्त्रित टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै काराकासका धनाढ्य बस्तीहरू अल्टामिरा र चाकाओमा स्थिति “चिन्ताजनक“ रहेको र उद्धार टोलीहरू जीवित मानिसहरूको खोजीका लागि भग्नावशेषहरू पन्छाउन सक्रिय रूपमा लागिपरेको पुष्टि गर्नुभएको छ। पूर्वी काराकासमा चाकाओका मेयर गुस्ताभो डुकले कम्तीमा १६ जना घाइते भएको र केही व्यक्तिको मृत्यु भएको पुष्टि गरे पनि हालसम्म मृतकको यकिन संख्या आउन बाँकी छ।

यसैबीच, माइक्वेटियास्थित सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भागदौड र अस्तव्यस्तता मच्चिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा टर्मिनलका छतका टुक्राहरू र भग्नावशेषहरू खसिरहँदा डराएका यात्रुहरू चिच्याउँदै र भागिरहेको देखिन्छ। मुख्य रनवे र टर्मिनलहरूमा पुगेको गम्भीर क्षति मूल्याङ्कन गर्न विमानस्थल अधिकारीहरूले तत्कालका लागि सबै उडानहरू स्थगित गरेका छन्। काराकासका सडकहरूमा लाखौँ बासिन्दाहरू खुला ठाउँमा निस्किएका छन्। लगातार आइरहेका शक्तिशाली परकम्पहरूले कमजोर बनेका भवनहरू ढाल्न सक्ने त्रासका कारण मानिसहरू सूर्यास्तपछि पनि घरबाहिरै बसिरहेका छन्।

भूकम्पको तीव्र गतिका कारण अमेरिकी सुनामी चेतावनी प्रणालीले भेनेजुएला, अरुबा, बोनेयर र कुरासाओका लागि तत्काल सुनामीको खतरा र पोर्टो रिको तथा भर्जिन टापुहरूका लागि चेतावनी जारी गरेको थियो। यद्यपि, समुद्री डाटाको अध्ययनपछि मौसमविद्हरूले करिब एक घण्टापछि सुनामीको चेतावनी हटाए पनि जमिनमा मानवीय संकट भने भर्खरै सुरु भएको छ। ग्क्न्क् ले प्रारम्भिक मूल्याङ्कन जारी गर्दै व्यापक विनाशको उच्च सम्भावना रहेको चेतावनी दिएको छ।

नेपालले भेनेजुयलाका भुकम्प पीडितहरुका लागि के सहयोग गर्छ वा उद्धार कार्यमा सहभागी जनाउने निर्णय गर्छ कि गर्दैन त्यो बालेन सरकारमा निर्भर हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*