ट्राफिक कारवाहीबाट एकैदिन २१ लाख जरिवाना संकलन
१२ असार २०८३, शुक्रबार ११:१७

काठमाडौं । काठमाडौं उपत्यकामा गरिएको चौबीस घण्टे ट्राफिक कारवाहीबाट २० लाख ७९ हजार रुपैयाँ जरिवाना संकलन भएको छ। नियम उल्लंघन गर्ने २ हजार ४३८ चालकबाट उक्त जरिवाना संकलन भएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मापसेमा ८५ जना, राइड शेयरिङमा १३० जना, रातो बत्तीमा १२३ जना, तीव्र गतिमा १६० जना, लेनमा १२२ जना, लापसेमा ३ जना, नो हर्नमा ८८ जना, प्रदूषणमा २७ जना र अन्यमा १ हजार ७०० जना चालक कारवाहीमा परेका छन्।











