रास्वपाको उपसभापतिमा सोविता गौतम विजयी, सहमहामन्त्रीमा को–को भए निर्वाचित ?
१२ असार २०८३, शुक्रबार १९:११

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय नेतृत्व चयनअन्तर्गत उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्। उनले प्रतिस्पर्धी तोसिमा कार्कीलाई पराजित गर्दै उपसभापतिको जिम्मेवारी प्राप्त गरेकी हुन्।
यस्तै, सहमहामन्त्री पदमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन्। पार्टीको महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट उनीहरू सहमहामन्त्रीमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।











