सुनको मूल्यमा उच्च वृद्धि, आइतबार प्रतितोला कति ?

१४ असार २०८३, आईतवार १०:३९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार हजार ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो ।

यता, चाँदीको मूल्य भने तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला चार हजार ३२५ रुपैयाँमा किनबेच भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*