सुनको भाउ उच्च मूल्यले बढ्यो, अब प्रतितोला कति ?

२६ श्रावण २०८३, मंगलवार १०:४८

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य उच्च दरले बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार सुन प्रीतोला ३ लाख १ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६७० रुपैयाँ कायम भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*