गरिमा समृद्धि योजनाले यस वर्ष लाभांश नबाँड्ने

२८ श्रावण २०८३, बिहीबार ११:०९

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोषअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

गरिमा क्यापिटल लिमिटेडको साउन २७ गते बसेको सञ्चालक समितिको ९४औँ बैठकले बाह्य लेखापरीक्षणपश्चात् तयार गरिएको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्दै उक्त आर्थिक वर्षका लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले योजनाको आर्थिक वर्ष २०८२/८३ सँग सम्बन्धित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण स्वीकृत गरेको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*