सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

२९ श्रावण २०८३, शुक्रबार १०:५१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा चार हजार ६०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५८ हजार ५७५ रुपैयाँ तोकिएको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले घटेर प्रतितोला चार हजार ६६० रुपैयाँमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*