एसवाई प्यानलको नाफा ६ करोड ७५ लाख, कारोबार ८१ करोड नाघ्यो

२९ श्रावण २०८३, शुक्रबार १२:५०

काठमाडौँ ।  एसवाई प्यानल नेपालले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा खुद नाफामा सामान्य सुधार गर्न सफल भएको हो ।

असार मसान्तसम्म कम्पनीले ६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड ६८ लाख रुपैयाँ थियो। यस आधारमा कम्पनीको नाफा करिब ७ लाख रुपैयाँले बढेको हो।

कम्पनीको व्यावसायिक कारोबार भने उल्लेख्य रूपमा विस्तार भएको देखिएको छ। गत आर्थिक वर्षमा ७५ करोड ६० लाख रुपैयाँ रहेको कुल व्यापार चालु आर्थिक वर्षमा बढेर ८१ करोड २७ लाख ८९ हजार रुपैयाँ पुगेको छ।

कारोबारमा भएको वृद्धिको प्रभाव सञ्चालन मुनाफामा पनि परेको छ। कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षको १० करोड २८ लाख रुपैयाँबाट बढेर १२ करोड ५ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.२८ रुपैयाँ कायम भएको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १११.७८ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*