आज नागपञ्चमी पर्व मनाइँदै

१ भाद्र २०८३, सोमबार ०६:५६

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले आज नागपञ्चमी पर्व श्रद्धापूर्वक मनाउँदैछन्। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा नागको पूजा आराधना गरी घरको मूलढोकामा नागको चित्र टाँस्ने तथा धार्मिक विधिअनुसार पूजा गर्ने परम्परा छ।

नागपञ्चमीका अवसरमा नागलाई दूध, दही, अक्षता, फूल, दुबो तथा विभिन्न प्रसाद चढाएर पूजा गर्ने चलन छ। नागको पूजा गरेमा सर्पको भयबाट मुक्ति मिल्ने तथा घरमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास रहँदै आएको छ।

यस दिन नागदेवताको पूजा गरी घरको मूलढोकामा नागको तस्वीर टाँस्ने प्रचलन पनि छ। कतिपय स्थानमा नागस्थान तथा नागदेवताको मन्दिरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना गरेर यो पर्व मनाइने गरिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*