पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतको आदेश

१ भाद्र २०८३, सोमबार १२:२०

काठमाडौँ । अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रहरीको मागबमोजिम काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । योसँगै अदालतले श्रेष्ठमाथि अनुसन्धानका लागि दोस्रोपटक म्याद थप गरेको छ ।

गत बुधबार राति पक्राउ परेका श्रेष्ठलाई अदालतले यसअघि तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले थप अनुसन्धानका लागि म्याद थप गर्न माग गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*