नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ

१ भाद्र २०८३, सोमबार १२:३८

काठमाडौँ । नेपाल वायुसेवा निगमका दुई जना कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्।

आइतबार काठमाडौंबाट मलेसिया जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। उनीहरूले तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार विमानस्थलमा जाँचका क्रममा उनीहरूले बोक्न पाउने सीमाभन्दा बढी विदेशी मुद्रा फेला परेको थियो।

पक्राउ परेका दुवै जना नेपाल वायुसेवा निगमका कर्मचारी रहेको प्रहरीले जनाएको छ। उनीहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*