विद्यालय व्यवस्थापन समितिका सदस्य दुई लाख घुस सहित रंगेहात पक्राउ
४ भाद्र २०८३, बिहीबार १५:४२

काठमाडौं । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम दुई लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका छन्।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, महेन्द्रनगरबाट खटिएर गएको टोलीले आज बिहीबार घुस रकम सहित रंगेहात पक्राउ गरेको हो।
विद्यालय व्यवस्थापन समितिका सदस्य बमले विद्यालयमा कार्यरत कर्मचारीको तलब बढाइदिने प्रलोभन देखाएर घुस लिएको आरोपमा पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।









