चौतर्फी आलोचनापछि मुक्तिनाथ क्षेत्रमा हुईकिँदै बालेन, पुजा गर्दैछन् कि गोप्य भेटघाट ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेका बालेन्द्र शाह शुक्रबार मुस्ताङ जाँदैछन् । विशेष टोलीसहित नेपाली सेनाको विशेष सुरक्षामा मुस्ताङ जान लागेका प्रधानमन्त्रीको भ्रमणको कारण खुलाइएको छैन । साथै प्रधानमन्त्री कार्यालयले समेत औपचारिक भ्रमणबारे कुनै विवरण सार्वजनिक गरेको छैन । यद्यपि आज साँझ अनलाईन खवर र देशसञ्चारले बालेन शुक्रबार मुस्ताङ जान लागेको समाचार प्रकाशित गरेका छन् ।
बालेन शुक्रबार किन मुस्ताङ जाँदैछन् ? राजनीतिक, कुटनीतिक वृत्तमा व्यापक चासोपूर्वक हेरिएको छ । बीमापोष्टको सम्पर्कमा आएका एक नेताका अनुसार भोलि नै पार्टीले बैठक बोलाएको छ र सो बैठक समेत छलेर एकाएक मुस्ताङ जानुपर्ने कारण के छ ?
अर्को एक सूत्रले भने काठमाडौंस्थित अमेरिकी दुताबासका सार्वजनिक मामिला विभाग प्रमुख माइक एम हार्कर केही दिनदेखि मुस्ताङमै बसिरहेका छन् । सम्भवतः अमेरिकी विशेष टोलीसँग छलफल गर्न सरकारको नेतृत्व गरिरहेका बालेन्द्र शाह मुस्ताङ जान लागेको हुनसक्ने आशंका व्यक्त गरेको छ ।
अहिले चारैतिरबाट प्रधानमन्त्रीमाथि आक्रमण भइरहेको छ । पार्टीभित्र, सडक, प्रेसदेखि सर्वत्र बालेन सरकार असफल भएको, मानवता विरोधी अपराधमा अन्तर्राष्ट्रिय कानुनको फन्दामा पर्न सक्नेसम्मको चर्चा परिचर्चा सुनिन्छ । संसदमा प्रधानमन्त्रीलाई जवाफ दिन उपस्थित हुन रुलिङ समेत भइसकेको अवस्थामा बालेन्द्र शाह फ्रेस हुन र पुजाआजामा सरिक हुन मुस्ताङ जान लागेको हुनसक्ने सम्भावना पनि उत्तिकै छ । शुक्रबार नवमी हो भने शनिबार दशमी । बालेन्द्र शाह दशमीलाई विशेष दिनको रुपमा मान्दै आएका छन् । उनले प्रधानमन्त्रीको पदभार ग्रहण समेत दशमी तिथी पारेर गरेका थिए । सोही कारण शुक्रबार मुस्ताङ पुगेर शनिबार विहानै मुक्तिनाथको दर्शन, पुजाआजा गरेर फर्कने बताइएको छ ।
पछिल्ला दिनहरुमा बालन्द्र शाह पार्टीभित्रैबाट पनि अप्ठेरो अवस्थाको सामना गरिरहेका छन् । उनको सचिवालयका कर्मचारीहरुले नैतिकहीन काम गर्दै अख्तियारका प्रमुखसहितलाई थुनेर दुव्र्यवहार गरेको घटनाको सम्बन्धमा पार्टी सभापति रवि लामिछानेले बिहिवार संसदीय समितिमा बोल्दै संवैधानिक निकायमाथि सरकारी कुनै अधिकारले हस्तक्षेप गर्न खोजे कारवाही गर्न आग्रह गरेका छन् । यसले बालेन थप अप्ठेरोमा मात्रै परेका छैनन्, नैतिक रुपमा गम्भिर प्रश्नको घेरामा उभिन पुगेका छन् ।
चौतर्फी घेरामा परेपछि एक्लै लड्नु परेको भन्दै केही दिनअघि स्टाटस लेखेका थिए । पछिल्लो समय सचिवालयका सदस्यहरु कुमार बेन, असिम शाहहरुको घेरामा परेका बालेनको जनता, पार्टीभित्र र अन्य राजनीतिक दलहरुसँग सम्बन्ध सहज छैन । सीमित सचिवालयको घेराभित्र बस्ने, सचिवालयमा अगतिला र उरन्ठेउला सुनिल लम्सालको कुरा सुन्ने गरेका कारण बालेन्द्र शाह एकपछि अर्को भड्खालोमा पर्दै गएका छन् । परिस्थिति जटिल बनेपछि प्रशिद्ध मुक्तिनाथको दर्शन तथा पुजाआजा गरेर शक्ति आर्जन गर्न मुस्ताङ भ्रमण हुन लागेको सबैभन्दा बलियो सम्भावना रहेको देखिएको छ ।









