निर्जिवन बीमा कम्पनीहरुको मुनाफा ३९ प्रतिशतले घट्यो, प्रभु बाहेक सबैको नाफामा गिरावट (तथ्याङ्क सहित)

३१ श्रावण २०८३, आईतवार ०९:५५

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको मुनाफा गत बर्षको तुलनामा गिरावट आएको छ। बाढी पहिरो र जेनजीमा भएको क्षतिको रिकभरी नहुँदा बीमा कम्पनीहरुको मुनाफा निरन्तर ओरालो यात्रामा लागिरहेको छ।

गत बर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ३९ प्रतिशतले घटेर २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ लाख रुपैयाँमा सिमित भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा यी कम्पनीहरूले ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

गत आर्थिक बर्षको वित्तिय विवरण केलाउदा प्रभु इन्स्योरेन्सबाहेक सम्पूर्ण कम्पनीहरुको मुनाफामा गिरावट आएको छ ।

गत बर्षको तुलनामा प्रभु इन्स्योरेन्सको मुृनाफा १९ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आर्थिक बर्षसम्ममा २४ करोड ६४ लाख ४३ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २० करोड ५८ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

राष्ट्रिय बीमा कम्पनीको नाफा १९.४५ प्रतिशतले घटेर ३४ करोड ४४ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ ।

सलिको को मुनाफा ३२.७४ प्रतिशतले घटेर ३७ करोड ५६ लाख ४६ हजार रुपैयाँ नाफा गरेको छ ।

नेशनल इन्स्योरेन्स गत आर्थिक वर्षमा १३ करोड १० लाख ७५ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*