माण्डु हाइड्रोपावरको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?
४ भाद्र २०८३, बिहीबार १६:५५

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बूक क्लोज गर्ने भएसँग शेयरमूल्य समायोजन भएको हो।
समायोजनपछि कम्पनीको शेयरमूल्य ७६३.६४ रुपैयाँ कायम भएको छ। नेप्सेले कम्पनीको अन्तिम कारोबार मूल्यलाई आधार मानेर मूल्य समायोजन गरेको हो। कम्पनीको शेयर ८४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ।









