बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी निर्मला मल्ललाई

५ भाद्र २०८३, शुक्रबार १७:५३

काठमाडौं । बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी निर्मला मल्लले पाएकी छिन् ।

यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयको प्रदेश प्रमुखको जिम्मेवारी केदारनाथ भट्टको थियो । भट्ट कर्णाली प्रदेश प्रमुख भएसँगै उक्त रिक्त पदमा मल्ल नियुक्त भएकी हुन्।

निर्मला मल्ल नेपाल बीमा प्राधिकरणकी उपनिर्देशक हुन्। प्राधिकरणको केन्द्रिय कार्यालयमा उनले जोखिम व्यवस्थापनको सहित विभिन्न शाखामा काम गरिसकेको अनुभव रहेको छ। प्रदेश प्रमुखको जिम्मेवारी भने उनलाई प्राधिकरणको उच्च व्यवस्थापक पक्षले प्रथम पटक दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*