प्रभु महालक्ष्मी लाइफको साढे १३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख ५६ हजार ६०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।
संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता अन्य विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने नेपाल बीमा प्राधिकरणको निर्देशन तथा व्यवस्था बमोजिम संस्थापकहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको थियो। तर ३५ दिनसम्म पनि साविकका संस्थापक शेयरधनीबाट कुनै पनि शेयर खरीदका लागि आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
उक्त शेयर खरीद गर्न इच्छुक सर्वासधारण व्यक्ति वा संघसंस्थाहरूले सूचना प्रकाशित मिति (भदौ ५ गते) ले ७ दिनभित्र नेपाल बीमा प्राधिकरणकाले तोके बमोजिम मापदण्ड पूरा हुने आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित प्रभु महालक्ष्मी लाइफको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।









