मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
७ भाद्र २०८३, आईतवार ०९:५४

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले दुईजना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६२ हजार ५२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरिएकोमा ३५ दिनसम्म शेयरधनीबाट कुनै पनि लिखित जानकारी प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
उक्त शेयर किन्न चाहेने सर्वसाधारण व्यक्ति वा संघसंस्थाले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा काठमाडौंको कमलादीस्थित शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्नेछ।









