८४ नायब सुब्बाको सरुवा, को कहाँ पुगे ?

७ भाद्र २०८३, आईतवार ११:०९

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गतका ८४ जना नायब सुब्बाको सरुवा गरेको छ।

मन्त्रालयले शुक्रबार दुई छुट्टाछुट्टै निर्णय गर्दै नायब सुब्बा तहका कर्मचारीलाई विभिन्न कार्यालयमा सरुवा गरेको हो। सरुवा हुने कर्मचारीलाई मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा स्थानीय तहमा नयाँ जिम्मेवारी तोकिएको छ।

मन्त्रालयका अनुसार पहिलो निर्णयबाट ४५ जना र दोस्रो निर्णयबाट ३९ जना गरी कुल ८४ जना नायब सुब्बा सरुवामा परेका छन्। सरुवा हुने कर्मचारीमध्ये विभिन्न जिल्लाका मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत कर्मचारीसमेत छन्।

कार्यालयहरूमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्दै प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउने उद्देश्यले कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*