रुकुम पश्चिममा माइक्रो बसको ठक्करबाट आमा छोरीको मृत्यु
७ भाद्र २०८३, आईतवार ११:५५

काठमाडौं । रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका ८ एकान्तमा ईभी गाडीको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ।
शौचालय जानको लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माईक्रो बसले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकोमा बिहान ९ः३० बजे मृत्यु भएको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।









