बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ ?
८ भाद्र २०८३, सोमबार १०:५४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामाच तीन हजार २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँ कायम भएको छ। १० ग्राम सुनको मूल्य पनि बढेर दुई लाख ७६ हजार ६६५ रुपैयाँ पुगेको हो।
यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला चार हजार ९६५ रुपैयाँमा कायम भएको छ ।









