एक हजार २२७ पत्रकारको दुर्घटना बीमा शुभारम्भ, जोखिमपूर्ण पेशामा सुरक्षाको आधार बन्ने विश्वास

९ भाद्र २०८३, मंगलवार १३:१०

काठमाडौं । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले प्रदेशभर कार्यरत पत्रकारहरूको पेशागत तथा सामाजिक सुरक्षालाई ध्यानमा राख्दै १ हजार २२७ जना पत्रकारको दुर्घटना बीमा शुभारम्भ गरेको छ। महासंघ कोशी प्रदेशद्वारा होटल रुबिजमा आयोजित विशेष कार्यक्रममा बीमा कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकारहरूको सुरक्षा, जोखिम व्यवस्थापन तथा बीमाको आवश्यकताबारे चर्चा भएको थियो।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुखले पत्रकारहरू समाचार संकलन तथा सम्प्रेषणका क्रममा विभिन्न किसिमका जोखिमपूर्ण परिस्थितिमा खटिनुपर्ने भएकाले उनीहरूको पेशागत सुरक्षाका लागि दुर्घटना बीमा महत्वपूर्ण रहेको बताए।

उनले पत्रकारहरू फिल्डमा काम गर्दा दुर्घटना तथा अन्य आकस्मिक जोखिममा पर्न सक्ने भएकाले बीमालाई सामाजिक सुरक्षाको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने धारणा राखे।

उनले पत्रकारहरूको जोखिम न्यूनीकरण तथा सामाजिक सुरक्षाका लागि दुर्घटना बीमाको पहुँच विस्तार आवश्यक रहेको उल्लेख गर्दै बीमाको दायरा फराकिलो बनाउन नेपाल बीमा प्राधिकरणले आवश्यक सहयोग र सहजीकरण निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*