आज बालेन संसदमा उपस्थित भएर सांसदले सोधेका प्रश्नको जवाफ दिंदै

१० भाद्र २०८३, बुधबार ०८:४४

काठमाडौं । आज भदौ १० गते दिउँसो १ बजेदेखि प्रतिनिधिसभाको बैठक बस्दैछ। सिंहदारबास्थित संसद भवनमा बस्ने उक्त बैठकमा आज बालेन शाह उपस्थित भएर प्रश्नको जवाफ दिने भएका हुन् ।

बालेन्द्र शाहले प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। प्रधानमन्त्रीलाई प्रश्न सोध्नका लागि ११ जना सांसदले नाम टिपाएका छन्।

त्यसैगरी बालेन्द्र शाहले मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन आ.व. २०८१/८२ पेश गर्ने र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेश गर्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*