रसुवामा भीषण बाढीपछि बालेनले बोलाए राष्ट्रिय विपद् परिषदको आपत्कालीन बैठक
१० भाद्र २०८३, बुधबार १०:२५

काठमाडौं । रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास क्षेत्रमा तीब्बततर्फबाट भीषण बाढी आएपछि बालेन्द्र शाह (बालने) ले आपत्कालीन राष्ट्रिय विपद परिषदको बैठक बोलाएका छन् ।
उक्त बाढीले ठूलो क्षति गरेको अनुमान सहित प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ।
आज बिहान करिब ९ बजेको समयमा तीब्बततर्फबाट एक्कासी भीषण बाढी आएको हो। उक्त बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको छ।









