रसुवा बाढीमा फसेका १२ जनालाई हेलिकप्टरमार्फत् उद्धार
१० भाद्र २०८३, बुधबार १२:३७

काठमाडौं । रसुवा बाढीमा फसेका १२ जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको छ।
अहिले नेपाली सेनाका ४ वटा र निजी कम्पनीका ८ वटा गरी १२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन् । उक्त बाढीले अकल्पनीय क्षति पुर्याउँदै अघि बढीरहेको छ। चितवनसम्म उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।









