बाढी पीडितको उद्धार गर्न निजी हेलिकप्टरले अनुमति लिइराख्नु नपर्ने
१० भाद्र २०८३, बुधबार १२:५१

काठमाडौं । बाढीपीडितको उद्धार गर्नका लागि निजी क्षेत्रका हेलिकप्टरले सरकारी अनुमति लिइराख्नु नपर्ने भएको छ।
तीब्बततर्फबाट आएको बाढीले नेपालमा अकल्पनीय क्षति पुर्याउँदै अघि बढिरहेको छ। बाढी अझैपनि उच्च वेगका साथ अघि बढिरहेको हुनाले हालसम्म क्षतिको विवरण समेत यकिन हुन सकेको छैन।
बाढी पीतिको उद्धारका लागि हालसम्म नेपाली सेनाका चार र निजी क्षेत्रका ८ गरी १२ वटा हेलिकप्टर परिचालन गरिएको छ। निजी क्षेत्रका हेलिकप्टरले अनुमति बिना नै उद्धारका लागि उडान गर्न सक्ने व्यवस्था मिलाइएको छ।









