रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा, १४ अझै बेपत्ता

१० भाद्र २०८३, बुधबार १३:०८

काठमाडौँ । रसुवागढी भन्सार कार्यालयमा कार्यरत ३६ स्थायी दरबन्दीका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन् ।

अर्थमन्त्री सचिवालयका अनुसार करार तथा ज्यालादारीतर्फ कार्यरत चार जनामध्ये एक जना पनि सम्पर्कमा आएका छन् । हालसम्म स्थायी सेवातर्फ ११ जना र करार तथा ज्यालादारीतर्फ तीन जना कर्मचारी सम्पर्कविहीन छन् ।

तिब्बततर्फबाट आएको अचानकको बाढीले रसुवागढी भन्सार कार्यालयको संरचना तथा यार्डमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले भन्सार परिसरमा रहेका संरचना क्षतिग्रस्त बनाउनुका साथै यार्डमा राखिएका सवारीसाधनसमेत बगाएको छ ।

बाढीपछि सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । उनीहरूको अवस्थाबारे यकिन विवरण प्राप्त गर्न खोजी तथा उद्धार कार्य जारी रहेको भन्सार कार्यालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*