रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

११ भाद्र २०८३, बिहीबार ०८:३०

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।

रसुवामा आएको भीषण बाढीका कारण अकल्पनीय क्षति पुगेपछि उद्धार, राहत र पुनस्र्थापना लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा संसदमा रहेका सबै दलहरूलाई बोलाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*