छोराको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा उपहार

११ भाद्र २०८३, बिहीबार १३:३४

काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह, वर्षगाँठलगायत विशेष अवसरमा खर्चिलो कार्यक्रम गर्नुभन्दा जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ। तत्कालको मनोरञ्जनमा खर्च हुने रकमलाई भविष्यको आर्थिक सुरक्षासँग जोड्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने क्रम बढेको हो।

यसैक्रममा कृष्णपुर नगरपालिका–२, वाणीका पदम रोकाया र उनकी श्रीमती धाना महराले आफ्ना छोरा प्रियान्स रोकायाको दोस्रो जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएका छन्।

दम्पतीले छोराको दीर्घायु तथा भविष्यको आर्थिक सुरक्षालाई ध्यानमा राखेर जन्मदिनमा बीमा पोलिसी उपहार दिएको बताएका छन्। उनीहरूले जीवन बीमाको आवश्यकता र महत्व बुझेर बच्चाको भविष्यका लागि सानैदेखि योजना बनाउने उद्देश्यले पोलिसी खरिद गरेको बताएका हुन्।

दम्पतीले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ‘सर्वसुलभ बालजीवन बीमा प्लस’ योजना खरिद गरी छोरालाई उपहार दिएका हुन्। उक्त योजनामा बच्चासँगै एक जना प्रस्तावकको समेत बीमा सुरक्षा हुने भएकाले आफूहरूलाई योजना उपयुक्त लागेको उनीहरूको भनाइ छ।

जन्मदिनका अवसरमा गरिने अन्य खर्चको तुलनामा बीमा पोलिसीले लामो समयसम्म आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले यस्तो उपहार रोजेको दम्पतीले बताएका छन्। उनीहरूले आफ्ना पारिवारिक जिम्मेवारी र सम्भावित आर्थिक जोखिमलाई ध्यानमा राखेर बच्चाको भविष्य सुरक्षित गर्न बीमा योजना अघि सारेको बताएका हुन्।

पोलिसी हस्तान्तरण गर्दै रिलायबल नेपाल लाइफको अत्तरिया शाखा प्रमुख मोहनबहादुर बोहराले यस्तो कार्य प्रेरणादायी भएको बताए। उनले प्रियान्सलाई जन्मदिनको शुभकामना दिँदै बीमा पोलिसी हस्तान्तरण गरेका थिए। पोलिसी खरिद तथा हस्तान्तरणमा अत्तरिया शाखाका एजेन्सी कृष्ण विष्टले सहजीकरण गरेका थिए। विष्टले बीमितको घरमै पुगेर बीमा पोलिसी हस्तान्तरणमा सहयोग गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*