रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो, १५ सय घाइतेको उद्धार

१२ भाद्र २०८३, शुक्रबार ११:१२

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म ४६९ जनाको शव फेला परेको छ भने १ हजार ५४५ जना घाइतेको उद्धार भएको छ।

नेपाल प्रहरीले भदौ १२ गते ७ बजेसम्म दिएको विवरणअनुसार रसुवामा चितवनमा १७८ वटा, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, तनहुँमा २८ जना, नवलपरासी पश्चिममा २७ जना र रसुवामा १२ जनाको शव फेला परेको हो।

त्यस्तै रसुवाबाट ६४४ जना, नुवाकोटबाट ८९८ जना र धादिङबाट ३ जना घाइतेको उद्धार गरिएको छ। बाढीपीतिडको उद्धार तथा राहतका लागि ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*