सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

१२ भाद्र २०८३, शुक्रबार ११:१४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ७३ हजार ६० रुपैयाँ कायम भएको हो ।

यता, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*