विपद्का बेला विदेशबाट नेपाल निःशुल्क पैसा पठाउन सकिने, आइएमईले ल्यायो विशेष सुविधा

१२ भाद्र २०८३, शुक्रबार ११:३१

काठमाडौँ ।  प्राकृतिक विपद्को संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहनेहरूलाई आइएमई मार्फत नेपालमा निःशुल्क पैसा पठाउन सकिने भएको छ।

विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषको नाममा विभिन्न बैंकमा रहेका खातामा आइएमई मार्फत सिधै निशुल्क रकम जम्मा गर्न सक्नेछन् । यस सुविधाले विदेशबाट पठाइएको सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त गर्न सहयोग पुग्नेछ।

नेपालभित्रबाट समेत खल्ती बाइ आइएमई मार्फत समेत सरकारको कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ।

आइएमईले विपद्को यस कठिन समयमा सबैलाई आफ्नो क्षमता र सामर्थ्य अनुसार सहयोगका लागि हातेमालो गर्न आह्वान गर्दै प्रभावित परिवारहरूको दुःखमा साथ दिन तथा राहत र पुनर्स्थापना प्रयासमा सरकारलाइ हरसम्भव सहयोग पुर्‍याउन सबैमा अपिल समेत गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*