भन्सार यार्डमा रहेका २०० ईभी गाडी र १०० मालवाहक ट्रक बाढीले बगायो
१२ भाद्र २०८३, शुक्रबार १२:४६

काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा बुधबार बिहान आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले भन्सार यार्डमा रहेका करिब ३०० वटा सवारीसाधन बगाएको छ।
बाढीले भन्सार छुटाउने तयारीमा राखिएका करिब २०० वटा विद्युतीय गाडी (ईभी) र करिब १०० वटा मालवाहक ट्रक बगाएको हो। बाढीका कारण भन्सार कार्यालय, यार्ड तथा आसपासका क्षेत्रसमेत प्रभावित भएका छन्।
बाढी आउनुअघिसम्म टिमुरे भन्सारबाट साउन र भदौ महिनामा लक्ष्यअनुसार राजस्व संकलन भइरहेको थियो। तर, बाढीपछि भन्सारको नियमित कामकाज ठप्प हुँदा राजस्व असुलीसमेत शून्यमा झरेको छ।









