रसुवा बाढीको पछिल्लो अपडेटः ज्यान गुमाउनेको संख्या ४८९ पुग्यो

१२ भाद्र २०८३, शुक्रबार १३:३४

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या ४८९ पुगेको छ। नेपाल प्रहरीले आज भदौ १२ गते दिउँसो १२ बजेसम्मको विवरण अनुसार आठ जिल्लामा उक्त शव फेला परेको हो।

सबैभन्दा धेरै चितवनमा १८६ वटा शव फेला परेको छ भने नवलपरासी बर्दाघाट सुस्तापूर्वमा ११२ वटा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। त्यसैगरी गोरखामा ४४ वटा, धादिङमा ४० वटा र नुवाकोटमा ३७ वटा शव फेला परेको छ।

यता तनहुँमा २९ वटा शव भेटिएको छ भने नवलपरासी बर्दाघाट सुस्तापश्चिममा २८ वटा शव फेला परेको छ। रसुवामा भने हालसम्म १३ वटा शव फेला परेको प्रहरीले जनाएको छ।

प्रभावितस्थलमा ४ हजार ४७३ जना नेपाल प्रहरी परिचालित भएका छन्। प्रहरीका अनुसार १ हजार ४७३ जना घाइतेको उद्धार गरिएको छ। रसुवाबाट ५७२ जना, नुवाकोटबाट ८९८ जना र धादिङबाट ३ जना घाइतेको उद्धार गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*