बाढी पीडितको उद्धार तथा राहतका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन
१२ भाद्र २०८३, शुक्रबार १५:२७

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि बाढी पीडितको उद्धार तथा राहतका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार नेपाल प्रहरीबाट ७ हजार २५० जना, नेपाली सेनाका ४ हजार २०० जना र सशस्त्र प्रहरीका १ हजार ८४५ जना गरेर कुल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन भएका हुन् ।









