पद्मज्योति ग्रुपमा ज्योति समुहद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड सहयोग
१२ भाद्र २०८३, शुक्रबार १७:३८

काठमाडौं । पद्मज्योति ग्रुपले रसुवा बाढीपीडितहरुको सहयोगार्थ एक करोड रुपैयाँ आज सरकारलाई हस्तान्तरण गरेको छ । ज्योति ग्रुपका टिमले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
ग्रुपका अध्यक्ष पद्म ज्योति सहितको टिमले अर्थमन्त्री डा. वाग्लेलाई सो रकम हस्तान्तरण गरेको हो ।









