पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा, उपत्यकाको आपूर्ति सहज

१२ भाद्र २०८३, शुक्रबार १८:२१

काठमाडौं । काठमाडौँ उपत्यकाको प्रमुख लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवा क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको सडक विभागले जनाएको छ।

मलेखु आसपासका पोखरी, बाँगे र गलौदी क्षेत्रमा थुप्रिएको लेदो तथा माटो हटाउने काम सम्पन्न भएपछि राजमार्गमा यातायात पूर्ण रूपमा सुचारु गरिएको हो।

बाढीका कारण गल्छी–बैरेनी सडकखण्डमा लेदो माटो थुप्रिँदा यातायात प्रभावित भएको थियो। सडक विभागले अवरोध हटाएर बिहीबारदेखि उक्त खण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याएको थियो। बाँकी अवरोध हटाएसँगै शुक्रबार साँझदेखि दुवैतर्फ यातायात सञ्चालनमा आएको हो।

यसअघि पुल बगाएर सडकसमेत पुरिएको जरिखेत खण्डमा पनि लेदो तथा माटो हटाएर यातायात सञ्चालनमा ल्याइसकिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*