भोटेकोशी नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन अपील
१४ भाद्र २०८३, आईतवार ०६:३३

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा पानीको बहाव बढेपछि नदी आसपासमा रहेका नागरिकलाई सतर्क रहन अपील गरिएका छ।
बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा बाढीको बहाव बढेको तर ठूलो र जोखिम भने नरहेको जनाएको छ। हाललाई रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपास क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले जनाएको हो।
यद्यपि नदी आसपास रहेका नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाले भोटेकोशी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको जानकारी गराएको थियो।









