रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ६६९ नाघ्यो, आज पनि खोजी तथा उद्धार कार्य जारी

१४ भाद्र २०८३, आईतवार ०७:४४

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या ६६९ नाघेको छ। नेपाल प्रहरीका अनुसार हालसम्म ६६९ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार चितवनमा सर्वाधिक २४८ जना, नवलपरासी पूर्वमा १५८ जना, नवलपरासी पश्चिममा ७५ जना, गोरखामा ५४ जना, धादिङमा ४९ जना, नुवाकोटमा ४१ जना, तनहुँमा ३१ जना र रसुवामा १३ जनाको शव फेला परेको हो।

उक्त विवरण नेपाल प्रहरीले दिएको भदौ १३ गते साँझ ४ बजेसम्मको विवरण हो। आज पनि उद्धार तथा खोजी कार्य जारी रहेको छ। मृतकको अझै पनि सयौं संख्यामा नागरिकहरू हराइरहेको हुनाले मृतकको संख्या अझै बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*