अर्घाखाँची सिमेन्टले बाढीपीडितलाई १ करोड ११ लाख रुपैयाँ सहयोग
१४ भाद्र २०८३, आईतवार १५:०९

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवासहित नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीबाट प्रभावित परिवारको राहतका लागि अर्घाखाँची सिमेन्टले उक्त रकम सहयोग गरेको हो ।
सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले आइतबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । राहतका लागि सहयोग गरिएको उक्त रकम सरकारी संयन्त्रमार्फत प्रभावित क्षेत्रमा परिचालन गरिनेछ ।
चेक हस्तान्तरण कार्यक्रममा व्यवसायीहरू राजेश अग्रवाल, मनोज केडियालगायतको उपस्थिति थियो ।









